+
Search

ताजा अपडेट +

पपुलर +

बिहीबार थप ४७३ जनामा कोरोना संक्रमण : काठमाडौं उपत्यकामा ३२ संक्रमित

पालिका लाइभ
२०७७ असार १८, बिहीबार

काठमाडौं- बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ ।

बिहीबार थपिनेमा १०९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

जसमा पुरुष १२ हजार ६३६ जना र महिला १ हजार ८८३ जना रहेका छन् ।

त्यस्तै आज ललितपुरमा २ पुरुष, भक्तपुरमा २ पुरुष र काठमाडौंमा १७ महिला र ११ पुष्टि भेटिएको छ ।

मन्त्रालयका अनुसार बिहीबार देशभर ३८ हजार १०९ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै कुल १० हजार १३७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । आज

आज ६ सय ६४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ५ हजार ३२० जना पुगेको छ ।

आजसम्म २ लाख ३७ हजार ७६४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ