+
Search

ताजा अपडेट +

पपुलर +

भीमसेन थापा गाउपालिकाका तिन क्षेत्रलाई कोरोना भाइरस संक्रमित क्षेत्र घोषणा, अब के हुन्छ?

पालिका लाइभ
२०७७ असार १४, आईतवार

गोरखा- जिल्लाको भीमसेन थापा गाउँपालिकाका बिभिन्न ३ वटा क्षेत्रलाई कोरोना भाइरस (कोभिड १९) संक्रमित क्षेत्र घोषणा गरिएको छ ।

समुदाय स्तरमा नै ८ जनालाई कोरोना संक्रमणको पुष्टी भएपछि वडा नम्बर ८, बोर्लाङको महादेवटार, वडा नम्बर ५ को रिठ्ठेपानी र वडा नम्बर ६ को मोहरिया क्षेत्रलाई कोरोना संक्रमित क्षेत्र घोषणा गरिएको हो ।

कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन गर्न गठित गोरखा जिल्ला स्तरीय कमाण्डपोष्टको आइतबार (आज) बसेको बैठकले गाउँपालिका भित्रका तिनवटै क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गर्दै त्यस क्षेत्रमा अत्याबश्यक बाहेकका सवै क्रियाकलापमा रोक लगाउने निर्णय गरेको हो ।

बैठकले रिठ्ठेपानी क्षेत्रमा पूर्व तर्फ तान्द्राङखोला, पश्चिम तर्फ लामाचौर, उत्तरतर्फ मान्द्रे ढुङगा र दक्षिण तर्फ वगरेखोलासम्मको क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरेको हो ।

त्यस्तै बोर्लाङको महादेवटारमा पूर्व तर्फ घाटबेसी, पश्चिम तर्फ पिपलटार, उत्तरतर्फ एैरिभन्ञ्याङ र दक्षिण तर्फ बुढिगण्डकीसम्मको क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ ।

समुदाय स्तरमै संक्रमण फैलिएको मोहरियमा पूर्वतर्फ वडा नम्बर ७ को सिमना, पश्चिमतर्फ भन्तना गाउँ, उत्तरतर्फ भलायोखर्क भैसेगौडा, एक्लेवर र दक्षिण तर्फ ज्यालुखोलासम्मको क्षेत्रमा कोरोना संक्रमित क्षेत्र घोषणा गरिएको हो ।

अब के हुन्छ?

कोरोना संक्रमित क्षेत्रमा तत्काल आबश्यकता अनुसार कन्ट्रयाक्ट ट्रेसिङको कार्यलाई तिव्रता दिने बैठकले निर्णय गरेको छ ।

संक्रमित क्षेत्र घोषणा गरिएको क्षेत्रमा हरेक स्थान र घरघरको निगरानी गर्न गराउन आबश्यक व्यवस्था गर्ने, र बन्दाबन्दीलाई कडाईका साथ पालना गराउन थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

संक्रमित क्षेत्रसंग सिमाना जोडिएका क्षेत्रलाई मध्यवर्ती संक्रमित क्षेत्र घोषणा गर्दे ति क्षेत्रहरुमा पनि निगरानी बढाउने बैठकले निर्णय छ ।

नागरिक सवालबाट

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ