गाेरखा- गाेरखाका ११ सहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।
४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।
यस्तै, गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।
गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुलाई गोरखा क्याम्पसमा हिजो मात्र तयार भएको आइसोलेनसनमा लैजाने तयारी भईरहहेको छ । क्याम्पसमा २५ वेडको आइसोलेसन तयार भइसकेको छ ।
गाेरखामा संक्रमितकाे संख्या ३५ पुगेकाे छ भने नेपालभर ७ हजार २ सय १९ पुगेको छ।
प्रतिक्रिया