+
Search

ताजा अपडेट +

पपुलर +

एमसिसीका विषयमा छलफल गर्न अाज नेकपा सचिवालय बैठक बस्दै

पालिका लाइभ
२०७७ जेष्ठ ३२, आईतवार

काठमाडौँ– एमसिसीका विषयमा छलफल गर्न अाज (आइतबार) बेलुका ४ बजे सचिवालय बैठक बस्ने भएको छ।

यसअघि नै बस्ने भनिएको सचिवालय बैठक प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्तता देखाउँदै स्थागित गरिएको थियो।

बैठकको लागि भोलि ४ बजेका लागि जानकारी गराइएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताए।

एमसिसीका विषयमा लामो समयदेखि नेकपाभित्र विवाद जारी छ।

यसर्थ यो विषयमा धारणा बनाउन बोलाइएको आइतबारको सचिवालय बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेकपामा एमसिसी संसदबाट पारित गर्ने विषयमा अध्यक्ष केपी ओली समूह र अर्का अध्यक्ष प्रचण्डबीच स्पष्ट दुई धार देखिएका छन्।

एमसिसीको पक्षमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित इश्वर पोखरेल र विष्णु पौडेल छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ