+
Search

ताजा अपडेट +

पपुलर +

आन्दोलन नियन्त्रण गर्न ७७ वटै जिल्लाका सीडीओलाई गृह मन्त्रालयको निर्देशन

पालिका लाइभ
२०७७ जेष्ठ ३०, शुक्रबार

काठमाडौं– गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।

लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

पछिल्लो ३ दिनयता राजधानीसहित मुलुकका प्रमुख सहरहरुमा सरकारविरोधी आन्दोलन भइरहेका छन् ।

बिहीबारमात्रै कोभिड–१९ रोग नियन्त्रणमा सरकार असफल भएको भन्दै बालुवाटार घेराउ गर्न पुगेको ठूलो भीडलाई अश्रुग्यास र पानीका फोहोरा हानेर नियन्त्रणमा लिइएको थियो ।

मंगलबार पनि प्रधानमन्त्री निवास घेराउ गर्न पुगेको स्वत:स्फूर्त भीडलाई खुर्सानीटार क्षेत्रमा पानीको फोहोरा हानेर तितरबितर पारिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ