+
Search

ताजा अपडेट +

पपुलर +

जुवाडेहरुको अखडा बन्दै ‘काठमाडौं’

पालिका लाइभ
२०७७ जेष्ठ २४, शनिबार

काठमाडौँ- जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ ।

उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र दुईरचार दिन हिरासतमा राख्छ ।

जुवालाई सामान्य अपराध मान्दै जिल्ला प्रशासन कार्यालयले झिनो चार्जमा हिरासतमुक्त गरिदिन्छ ।

प्रहरीले पक्राउ गरेर सामान्य सजाय पाएर उम्किएकाहरू झन् गोप्य र प्रहरीले पत्तो नपाउने ठाउँमा खोजेर जुवामा जाने खबर आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जुवातासमा प्रहरीले जतिसुकै कडाइ गरे पनि भित्रभित्रै खेल्ने क्रम नरोकिएको बताए ।

उनले भने, ‘हामीले पक्राउ गर्ने हो, घटनाको अनुसन्धान गरी माथिल्लो निकायमा पठाउँछौं, कारबाही हाम्रो हातमा मात्रै हुन्न ।’

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनयता उपयत्यकाका विभिन्न ठाउँबाछ जुवा खेल्ने ८ सय जना पक्राउ परेका थिए ।

उनीहरूलाई प्रहरीले केही दिन हिरासतमा राखेर छाडेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ