काठमाडौँ– लकडाउनको उल्लंघन गर्दै राजधानीका व्यपारीहरुले पसल खोल्न थालेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त आकस्मिक बैठक बोलाइएको छ ।
जिल्ला समन्वय समिति काठमाडौँको हलमा बोलाइएको बैठकमा व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यापार व्यवसाय सुचार गर्न थालेपछि अब के गर्ने भन्ने बारे छलफल भइरहेको छ ।
लकडाउनको झण्डै ढाई महिनापछि व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने भन्दै एकलौटी निर्णय गरेका छन् ।
लकडाउनको मोडालिटी फेर्ने बारे छलफल चलाइरहेकै बेला व्यापारीहरुले एकलौटी रुपमा पसल खुला राख्न थालेपछि सरकार दबाबमा परेको छ ।
एकतर्फी निर्णय गरेर पसल खुला गरेका व्यापारीहरुलाई पनि सरकारले वार्तामा बोलाएको छ ।
दुई महिनाभन्दा बढी समयसम्म लकडाउनको इमान्दार पालना गरेका व्यापारीहरुले सरकारले करका लागि ताकेता गरेपछि आक्रोशित हुँदै पसल खोल्ने निर्णय गरेका हुन् ।
अब पसल बन्द गरिरहने पक्षमा आफूहरु नरहेको व्यापारीहरुको भनाई छ ।
प्रतिक्रिया