+
Search

ताजा अपडेट +

पपुलर +

नामजुङकी सुत्केरी महिलासहित ९ जनाको पिसिआर रिपोर्ट निगेटिभ

नामजुङकी सुत्केरी महिलासहित ९ जनाको पिसिआर रिपोर्ट निगेटिभ
पालिका लाइभ
२०७७ जेष्ठ ८, बिहीबार

गोरखा- जिल्लाकाे शहिद लखन गाउँपालिकाकी सुत्केरी महिलासहित अन्य ५ जनाको पिसिआर रिपोर्ट निगेटिभ आएको छ ।

उनीहरुको रिपोर्ट विहिवार आएको हो। ति महिला बैशाख २५ गते शिक्षण अस्पतालको प्रसूती वार्डमा सुत्केरी भएर गोरखा फर्किएकी थिइन्।

सुत्केरी सहित ९ जनाको प्रयोगशाला परीक्षणका लागि मंगलवार स्वाब पठाएको थियो ।

वडा नं ९ निवासी वर्ष २३ कीसुत्केरी महिला र उनीसगै काठमाडौँबाट आएका ५ जना, भारतबाट आएका १ जना र एम्बुलेन्स चालक २ जना गरी जामा ९ जनाको स्वास्थ्य कार्यालय गोरखाको समन्वयमा स्बाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि पोखरा पठाएमा उनीहरु सबैको रिपोर्ट निगेटिभ आएको गाउँपालिकाका अध्यक्ष रमेशबावु थापामगरले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालको प्रसुती वार्डमा सुत्केरी भएर डिस्चार्ज भएकी सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणकै कारण ज्यान गएपछि नामजुङकी ति महिला र परिवारका अन्य सदस्यहरुको पिसिआर जाँचको गरिएको हो ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।