+
Search

ताजा अपडेट +

पपुलर +

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पालिका लाइभ
२०७७ जेष्ठ ६, मंगलवार

काठमाडौं- सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलले बिरोध गरेका थिए।

संसदमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका थिए।

माथिल्लाे सदन राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथि छलफल जारी छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ