+
Search

ताजा अपडेट +

पपुलर +

रौतहट र बाराका थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४

पालिका लाइभ
२०७७ जेष्ठ ५, सोमबार

काठमाडाैं- सोमबार बिहान रौतहट र बाराका थप ९ नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

0000 korona 1

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ