+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाबाट त्रसित होइन, सुरक्षित रहन अपनाउनुहोस् १० तरिका

पालिका लाइभ
२०७६ फाल्गुन २०, मंगलवार

काठमाडौं- चीनबाट फैलिएको खतरनाक कोरोना भाइरसले अहिले विश्वभर त्रासदीको अवस्था निर्माण गरेको छ ।

यस खतरनाक भाइरसले अहिलेसम्म ३ हजारभन्दा बढिको ज्यान लिएको छ भन्ने १ लाख हाराहारीमा मानिसहरु बिरामी भएका छन् । तर समस्याको विषय यस भाइरसको अहिलेसम्म उपचार पत्ता लाग्न सकेका छैन ।

चीनपश्चात कोरोना भाइरसले इरान, हङकङ, जापान, इटली र कोरियासमेत दर्जनौं देशमा समस्या निम्त्याएको छ । छिमेकी देश भारतको दिल्लीमा पनि यसको संक्रमण देखिएको छ ।

दिल्ली र तेलंगानाका पाँच जना व्यक्तिमा कोराना संक्रमण भएको पुष्टी भएको छ ।

अहिलेसम्म कोरोना संक्रमणको पुष्टि नभएको भएपनि नेपाल कोरानाको उच्च जोखिम भएको मुलुकमा पर्दछ । यस्तोमा हामीले कोरोनाबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विशेषज्ञलाई आधार मान्दै संक्रमणबाट जोगिन केहि उपाय अबलम्बन गर्न सुझाव दिएको छ ।

रोगको उपचारभन्दा रोग नै लाग्न नदिनु सबैभन्दा राम्रो उपाय भन्दै विश्व स्वास्थ्य संगठनले कोरोनाबाट जोगिन १० उपाय सुझाएको छ । डब्ल्यूएचओले सुझाएको यस्तो छ १० उपाय :

१. नियमित साबुनपानीले हात धुने

हात धुँदा साबुनपानीको अनिवार्य प्रयोग गर्नुहोस् । हात धुँदा कम्तिमा २० सेकेण्डसम्म साबुनले मिच्ने गर्नुहोस् । कुनै काम गरिसकेपछि अनिवार्य साबुन पानीले हात धुँदा केहि भाइरसबाट टाढा हुन सकिन्छ ।

२. मानिसहरुसँग हात नमिलाउने, दुरी बनाएर हिँड्ने

मानिसहरुसँग भेटघाट गर्दा कम्तिमा ३ फीटको दुरी बनाउने कोशिश गर्नुहोस् । रुघा खोकी लागेको व्यक्ति भए अझै टाढा रहने र अनुहार जुधाएर कुराकानी नगर्ने गर्नुहोस् ।

यदि व्यक्तिलाई कोरोनाको संक्रमण छ भने खोक्ने अथवा हाँछ्यु गर्ने गर्दा अन्य आसपासका व्यक्तिलाई छिट्टै किटाणु सर्ने हुन्छ । यदि तपाईं संक्रमित व्यक्तिको नजिक हुनुहुन्छ भने तपाईंलाई उक्त भाइरस तत्कालै सर्ने सम्भावना हुन्छ ।

३. नाक, मुख र आँखालाई पटक–पटक छुने नर्गनुहोस्

अक्सर हामी आफ्नो नाक, मुख र आँखालाई हातले छोइरहेका हुन्छौं । यस्तो गर्दा हातमा लागेको भाइरस सहज रुपमा शरिरमा सर्न सक्छ । दूषित हातले छुँदा भाइरस नाक, मुख या आँखा माध्यमबाट मानिसको शरिरमा प्रवेश गर्दछ ।

४. हाँछ्यु गर्दा रुमालको प्रयोग अनिवार्य गरौं

श्वासप्रश्वासको माध्यमबाट धेरै रोगहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछन् । कोरोना पनि श्वासप्रश्वासको माध्यमबाट सबैभन्दा छिटो सर्ने भाइरस हो । त्यसकारण खोक्ने तथा हाँछ्यु गर्ने समयमा नाक तथा मुखलाई रुमालले छोप्ने गर्नुपर्दछ । हाँछ्यु गर्दा निक्लने तरल पदार्थमा धेरै भाइरस हुन्छन् । जुन निकै छिटो फैलन सक्छ ।

५. रुघा–खोकी तथा ज्वरोलाई सामान्य रुपमा नलिनु

यदि तपाईंमा रुघा–खोकी तथा ज्वरो देखिएको छ भने त्यस्तो समस्यालाई सामान्य रुपमा नलिनुस् । त्यस्तो छ भने तुरुन्त चिकित्सकलाई देखाउनुस् ।

यदि तपाईंलाई कोरोनाले संक्रमण गरेको छ भने सुरुको अवस्थामै उपचार सहज रुपमा हुन्छ । साथै तपाईं रोगमुक्त पनि हुनसक्नुहुन्छ ।

६. मोबाइललाई सफा राख्नुहोस्

तपाईंले प्रयोग गर्ने स्मार्टफोनलाई सकिन्छ भने हप्तामा एक पटक डिसइफेटिंग वाइप्सबाट सफा गर्नुहोस् । यस्तो वाइप्सले सफा गर्दा फोनको माथि पट्टी जम्मा हुने किटाणु मर्न सक्छन् ।

हाम्रो हातमा २४ घण्टा रहने मोबाइलको स्क्रीनमा निकै भाइरसहरु जम्मा भएका हुन्छन् । स्क्रीनमाथि मेथिसिलिन रसिस्टेंट स्टेफार्लोकोक्स औरीयास (एमआरएसए) नामका जीवाणु जम्मा भएका हुन्छन् ।

७. वाथरुमलाई राम्रोसँग सफा गर्नुस्

वाथरुमलाई डिटोल पानीले सफा गर्ने गर्नुहोस् । वाथरुम प्रयोग गरिसकेपछि पनि आफ्नो हात खुट्टा डिटोल पानीले सफा गर्नुहोस् ।

वाथरुममा प्रयोग गर्ने टाबेल व्यक्तिगत बनाउनुहोस् । साथै टाबेल प्रयोगपश्चात अनिवार्य घाममा सुकाउनुहोस् । साझा टाबेल प्रयोग नगर्नुहोस् ।

८. हवाई यात्रामा अति सजग रहनु

विमानका सहयोगीबाट खाना तथा सामान लिनुपूर्व आफ्नो हातलाई राम्रोसँग सफा गर्नुहोस् । उनिहरुमा कोरोनाको जोखिम बढि हुने गर्दछ ।

९. अस्पतालमा खाना खाँदा दही अनिवार्य खानुहोस्

यदि तपाईं अस्पतालमै खाना खानु पर्ने स्थितिमा हुनुहुन्छ भने खानामा अनिवार्य दहिको प्रयोग गर्नुहोस् । दहिमा एसीडोफिलस नामको बैक्टीरिया हुन्छ जसले धेरै खालका भाइरसलाई नष्ट पनि गर्छ ।

१० माक्सको प्रयोग अनिवार्य गरौं

तपाईं स्वस्थ भएपनि या तपाईंमा समस्या देखिएपनि घर बाहिर निस्कदाँ माक्सको प्रयोग अनिवार्य गर्नुहोस् । तपाईंमा भएको रोग अरुलाई नसार्न र अरुको रोग तपाईंमा नसार्न माक्सको प्रयोग अति महत्वपूर्ण हुन्छ । नाक मुखको माध्यमबाट सिधा आउने किटाणुलाई माक्सले रोक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ