+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा सरकारी कर्मचारीबाटै यस्तो जातीय विभेद, डेरामा बसेका ४ दलित विद्यार्थीलाई निस्किन दबाब

पालिका लाइभ
२०७६ फाल्गुन २०, मंगलवार

काठमाडौं- काठमाडौंमा घरबेटीले दलित भएकै कारण अपमान गर्दै घर छाड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित विद्यार्थीले अपमान गर्ने घरबेटीविरुद्ध उजुरी हाल्ने घोषणा गरेका हुन्।

कैलाली र दैलेख स्थायी घर भई काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययनरत चार विद्यार्थीले आफूलाई दलित भन्दै घरबेटीले अपमान गरेको बताए।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–१० मा रहेको श्रीकृष्ण बिडारीको (सरकारी कर्मचारी)को घरमा डेरा गरी आफूहरू बसिरहेको उनीहरूले जानकारी दिए। उक्त घरमा उनीहरू गत मंसिर १३ गतेदेखि बसेका हुन्।

डेरा गरेरै बसेकै दिन घरबेटी श्रीकृष्णकी छोरीले आफूहरूसँग परिचय गरेको दीपा नेपालीले जानकारी दिएकाे खबर आजको राजधानी दैनिकमा छापिएकाे छ ।

उनले भनिन्, ‘हामी त्यो घरमा बसेकै दिन घरबेटीकी छोरीले हामीसँग परिचय गर्नुभएको थियो। त्यसको भोलिपल्ट घरबेटी बिडारी दम्पत्तिले तपाईंहरू ‘दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईंहरूलाई यहाँ बसेको रुचाउँदैन् र यही घरमा भाडामा बस्नेहरूले पनि घर छाडेर जान्छु भने’ भनेर कोठा छोडेर जान दबाब दिनुभयो।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ