+
Search

ताजा अपडेट +

पपुलर +

लुकाउनु केही छैन, मातातीर्थको जग्गा मोहीलाई दिएकै हो : बाबुराम भट्टराई

लुकाउनु केही छैन, मातातीर्थको जग्गा मोहीलाई दिएकै हो : बाबुराम भट्टराई
पालिका लाइभ
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास र मातातीर्थको जग्गा प्रकरणलाई फरक ढंगले हेर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय मागेर सम्बोधन गर्दै भट्टराईले मातातीर्थ जग्गा प्रकरणलाई प्रस्ट्याएका हुन् ।

सरकारका दुई वर्ष पुगेको अवसरमा फागुन ३ गतेको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयको औचित्यमाथि प्रश्‍न उठाएको भन्दै भट्टराईले ललिता निवास प्रकरण र मातातीर्थ जग्गा प्रकरण अलग अलग भएको बताए।

फागुन ३ गते प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गरेसँगै मातातीर्थ क्षेत्रका बासिन्दा निदाउन नसकेको उल्लेख गर्दै भट्टराईले नेपाल ट्रस्टमा गएको मातातीर्थको जग्गा कुनै व्यक्ति विशेषलाई नदिएको स्पष्ट पारे।

मातातीर्थ जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपछि भट्टराईले बुधबार प्रतिनिधिसभा बैठमा विशेष समय लिएर जग्गाबारे प्रष्ट पार्ने क्रममा भने, ‘यती होल्डिङ्सको निकै चर्चा छ । जग्गा जमीनहरू उसैको पोल्टामा गइरहेको छ । यतीप्रति नै विशेष अनुराग भएर अझै उसलाई नपुगेको हो, अझै दिनुपर्ने हो, मोहीहरूले बरू नपाए नपाउन यतीलाई नपुगेको भन्ने चाहना हो भने यो पनि गम्भीर विषय हो । छलफल गरौं ।’

‘जनताको जमीन खोसेर आफ्नो आसेपासेलाई दिने होकी जोताहा मोहीलाई दिने हो गम्भीर सैद्धान्तिक प्रश्न बन्छ,’ डा.भट्टराईले थपे, ‘यो विषयमा हामी छलफल गरौं ।’

उनले आफू नेतृत्वको सरकारले मातातीर्थको जग्गा नीतिगत र विधिसम्मत ढंगले बास्तविक मोहीलाई वितरण गरेको बताएका छन् । डा.भट्टराईले भने, ‘नेपाल ट्रस्टको सूचना अनुसार विधिसम्मत नै आफूले उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको हो ।’

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।