+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको ध्यान यता पनि पुग्ला ? प्रधानमन्त्री कार्यालय र मन्त्रालयको काम पनि छैन चुस्त

पालिका लाइभ
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टीमसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनि संयन्त्र पनि सशक्त बन्न सकेको छैन ।

त्यस्तै, सरकारलाई सफल बनाउने मन्त्रालयको प्रशासनिक तथा सिंगो कर्मचारी संयन्त्रले पनि उच्च मनोबलका साथ दिलोज्यान दिएर काम नगरेको पाइएको खबर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

प्रधानमन्त्री कार्यालयको प्रशासनिक संयन्त्र शक्तिशाली र कामयावी हुनुपर्नेमा त्यस्तो हुन नसक्दा अन्य मन्त्रालयको प्रशासनिक संयन्त्र पनि आक्रामक रुपमा काम गर्न नसकेको प्रशासनविद्को तर्क छ ।

प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टीमले आक्रामक काम गर्न नसकेको भन्दै राजीनामा दिन सुझाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ