+
Search

ताजा अपडेट +

पपुलर +

कालापानी अतिक्रमण : सम्वेदनशील ठाउँमै सरकारको उपस्थिति शून्य

पालिका लाइभ
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं- नेपाली भूभाग कालापानीमा ५७ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ।

सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेज स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले तीन स्थानमा आठ क्याम्प खडा गरेको छ।

तर, कालापानी, लिपुलेकलगायतका संवेदनशील सीमा क्षेत्र हेर्ने नेपाल प्रहरीका चौकीहरु भने ६ महिना विस्थापित हुने खबर आजको नयाँ पत्रिका दैनिकमा पदम बडालले दार्चुलाबाट लेखेका छन्।

नेपाली भूमि कालापानीमा मात्र होइन्, गुञ्जी, नावीडाङमा पनि भारतीय भौजका आठ क्याम्प छन्। कालापानीभन्दा तल टिंकरको छ्यालेकमा नेपाल प्रहरीको सानो चौकी मात्र छ।

जाडो थाम्न नसकेर त्यहाँका प्रहरी छाङरु झरिसकेका छन्। अझ जाडो बढेपछि उनीहरु ५१ किमी तल दुम्लिङ झर्नेछन्। यसरी सबैभन्दा बढी अतिक्रमण भएको ठाउँमा सरकारको उपस्थिति नै शून्य छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ