+
Search

ताजा अपडेट +

पपुलर +

आजको मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण घोषणा गर्ने सरकारको तयारी

आजको मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण घोषणा गर्ने सरकारको तयारी
पालिका लाइभ
२०७६ कार्तिक १७, आईतवार

काठमाडौं- शनिबार पार्टी सचिवालय बैठक डाकेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दुई बैठकमा सहभागी हुँदैछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विकास निर्माणसम्बन्धी महत्वपूर्ण आयोजना सुरु गर्ने निर्णयका लागि विहान ११ बजे बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

मन्त्रिपरिषद् बैठकलगत्तै बालुवाटारमै नेकपाको सचिवालय बैठक पनि डाकिएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

१४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको नाम तय गर्न बैठक डाकिए पनि समय भने तोकिएको छैन।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर समय नतोकिएको सचिवालयका एक नेताले बताए ।

‘डायलाइसिस गर्न जानुपर्ने अवस्था पनि आउन सक्ने भएकाले समय तोकिएको छैन, आइतबारै यसको निक्र्योल हुन्छ,’ ती नेताले भने, ‘डायलाइसिस गर्न कम्तीमा चार घन्टा लाग्ने र त्यसपछि आराम पनि गर्नुपर्ने भएकाले समय नतोकी बैठक डाकिएको छ ।’

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।