+
Search

ताजा अपडेट +

पपुलर +

हिमानीक ट्रष्टले बनाएको विद्यालय भवन पूर्व रानी कोमलद्वारा हस्तान्तरण

पालिका लाइभ
२०७५ भाद्र २१, बिहीबार

पालुङटार (गोरखा)-  विनाशकारी भुकम्पकाे केन्द्रबिन्दु गाेरखाका अझैपनि करिव २५० वटा विद्यालय भवन निर्माणमा स्राेथ अभाव भईरहेकाे समयमा पालुङटार नगरपालिका-५, गाेरखाकाे भवानी माध्यमिक विद्यालय भवन भने निर्माण भएकाे छ ।

२०७२ वैशाख १२ को भूकम्पले भत्काएको बिद्यालय भवन हिमानी ट्रस्ट र बुद्घिष्ट अर्गनाइजेशनले संयुक्त रुपमा निर्माण गरेको गरेकाे हाे ।

२०७३ मंसिर १९ गते ट्रस्टकी अध्यक्ष हिमानीले शिलन्यास गरेको भवनको उद्घाटन बिहीबार ट्रस्टकी संरक्षक पूर्व रानी कोमल शाहले गरिन् ।शिक्षा, स्वास्थ्य, वातावरण, दैविक प्रकोपमा आफुहरुले काम गर्दै आएको ट्रस्टको सदस्य सचिव श्री मल्लले बताइन् ।

parash himani trust

‘१४ महिनामा भवन निर्माण सक्ने लक्ष्यका साथ काम गरेका थियौँ, लक्ष्य भन्दा चार महिना अघि एक वर्षमै सकेर हस्तान्तरण गर्दैछौ,’ मल्लले भनिन् । ११ सय ५० जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयको २० कोठे भवन भूकम्पले भत्काएको छ ।

हिमानी ट्रस्टले चार करोड ९५ लाख खर्चेर आठ कोठे भूकम्प प्रतिरोधी सुविधा सम्पन्न विद्यालय निर्माण गरिदिएको विद्यालयका प्रध्यानाध्यापक ओजराज गिरीले बताए । ‘एउटा विद्यालय भवन निर्माण सकियो, अर्को आठ कोठे भवन पनि उहाँहरुले नै वनाउने सम्झौता भइसकेको छ,’ गिरले भने ।

himani trust

हाल विद्यालय भवन अभाव हुदा उत्त विद्यालयको कक्षा टहरोबाट संचालन हुँदै आएको छ । अर्को भवन नवनेसम्म अझै १० वटा कोठा टहरोबाटै संचालन गर्नुपर्ने वाध्यता रहेको गिरीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ