+
Search

ताजा अपडेट +

पपुलर +

किसानलाई दूधको भुक्तानी तत्काल दिन प्रधानमन्त्रीको निर्देशन

किसानलाई दूधको भुक्तानी तत्काल दिन प्रधानमन्त्रीको निर्देशन
पालिका लाइभ
२०८० फाल्गुन १४, सोमबार

काठमाडौं– दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अर्थ मन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई बोलाएर भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।’

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।