+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहले सरकारलाई बुझायो कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी सुझाव प्रतिवदेन

स्थानीय तहले सरकारलाई बुझायो कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी सुझाव प्रतिवदेन
पालिका लाइभ
२०८० आश्विन १२, शुक्रबार

काठमाडौं– स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझाएको छ ।

नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना र गाउँपालिका महासघंकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुक्रबार संयुक्त रुपमा उक्त प्रतिवेदन निमित्त मुख्य सचिव एकनारायण अर्याललाई बुझाएका हुन् ।

संविधानमा उल्लेख भएपनि एकल र साझा अधिकार कार्यान्वयन हुन नसकेको, स्थानीय तहको अधिकार कार्यान्वयन गर्न नपाएको लगायतका विषय सुझाव प्रतिवेदनमा समेटिएको महासंघले जनाएको छ ।

यस्तै स्थानीय सरकार सञ्चलान ऐन अनुसार पालिकाको शासन सञ्चालन समस्या र समाधानका उपाय समेत प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिवेदन तयार गर्न पालिका संघले नेपालगञ्ज, बर्दिबास र भरतपुरमा स्थानीय तहका पदाधिकारी, विज्ञहरुसँग छलफल समेत गरेको थियो ।

महासंघकी अध्यक्ष पाण्डेका अनुसार सझुाव प्रतिवेदनले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गर्न संघीय सरकारलाई मद्धत पुग्ने बताइन् ।

प्रतिक्रिया