+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाकाे तीनकिलोमा बस र मोटरसाईकल ठोक्किएर दुर्घटना, एक जना घाइते

गाेरखाकाे तीनकिलोमा बस र मोटरसाईकल ठोक्किएर दुर्घटना, एक जना घाइते
पालिका लाइभ
२०७९ जेष्ठ २१, शनिबार

गोरखा- गाेरखा नगरपालिका–१३ स्थित तीन किलोमा बस र मोटरसाईकल ठोक्किएर दुर्घटना भएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

गोरखाबाट आबुखैरेनी जार्दै गरेको ना ५ ख ५००५ बस र ग २१ प ४८८ मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवारी पालुङटार नगरपालिका–५ का ४५ वर्षीय हरि देवकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

शनिबार करिब ११:४५ बजे तिर यात्रु झार्ने क्रममा रोकि राखेको बसमा मोटरसाईकल ठोक्किन पुगेको हाे ।

घाइते देवकोटाको खुट्टामा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।