+
Search

ताजा अपडेट +

पपुलर +

दुई वर्षपछि सुटिङ सेटमा साम्राज्ञी, चाँडै म्युजिक भिडिओमा देखिँदै

पालिका लाइभ
२०७८ आश्विन १४, बिहीबार

कोरोना महामारीका कारण चलचित्रसम्बन्धी गतिविधि झन्डै २ वर्षदेखि लगभग बन्द छ।

जसले गर्दा धेरै अभिनेता/अभिनेत्री फुर्सदिला बनेका छन्। यसै क्रममा नयाँ पुस्ताकी चर्चित नायिका साम्राज्ञी शाह पनि नयाँ फिल्मका साथ पर्दामा नदेखिएको झन्डैै २ वर्ष नै भइसकेको छ।

तर पछिल्लो समय अन्य क्षेत्र खुला भएसँगै चलचित्र क्षेत्रका गतिविधि पनि बिस्तारै सुरु हुन थालेका छन्। यही असोज २१ गतेदेखि त देशभरका फिल्म हल पनि खुल्दै छन्।

त्यसअघि नै अभिनयमा फर्केकी अभिनेत्री साम्राज्ञीलाई दर्शकले अब चाँडै एउटा म्युजिक भिडिओमा देख्न पाउने भएका छन्। ट्रि इन्टरटेनमेन्टले निर्माण गरिरहेको ‘माया पिरेम’ बोलको म्युजिक भिडिओमा साम्राज्ञी देखिने भएकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ