+
Search

ताजा अपडेट +

पपुलर +

शुक्रबार ज्योति लाइफको आईपीओ बाँडफाँड हुने, साढे १२ लाख आवेदकको हात खाली हुने

पालिका लाइभ
२०७७ चैत्र १२, बिहीबार

काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० भोलि ९शुक्रबार० बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आईपीओ भोलि बाँडफाँड गरिने जनाएको छ ।

कम्पनीले गएको फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४९६ आवेदकबाट तीन करोड ८४ लाख ८६ हजार २२० कित्ता सेयर माग गर्दै आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कुल आवेदकको संख्या १८ लाख ४२ हजार भए पनि योग्य आवेदकको संख्यामा केही घट्न सक्नेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्नपर्ने हुन्छ ।

सर्वसाधारणको लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ५ लाख ९४ हजार आवेदकले पाउनेछन् ।

बाँकी रहेका करिब साढे १२ लाख आवेदकको भने हात खाली हुनेछ ।

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर हिस्सा ७०ः३० प्रतिशत हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ