+
Search

ताजा अपडेट +

पपुलर +

साउदीमा १ हजार ३६४ नेपाली कोरोना संक्रमित, ७ जनाको मृत्यु

साउदीमा १ हजार ३६४ नेपाली कोरोना संक्रमित, ७ जनाको मृत्यु
पालिका लाइभ
२०७७ जेष्ठ ९, शुक्रबार

काठमाडौं- साउदी सरकारले दिएको जानकारीअनुसार साउदीमा १ हजार ३ सय ६४ जना नेपाली नागरिकहरूमा कोरोना भाइरसको संक्रमण भएको छ।

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्व क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावाले हेर्ने क्षेत्रमा १०१६ जना र जेद्दा क्षेत्र (जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३ सय ४८ जना संक्रमित भएका छन्।

संक्रमितमध्ये १७ जना महिला रहेका छन्।

संक्रमितमध्ये ७ जना (यसमध्ये ३ जना महावाणिज्यदूतावास जेद्दाको सूचनामा उल्लेख) नेपालीको निधन भएको छ।

साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीहरुको संख्या उत्साहजनक रहेको दूतावासले जनाएको छ।

कोरोनाको संक्रमण भएकाहरुसँग टेलिफोन सम्पर्कमा आउनेहरुले संक्रमितहरुलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गरिदिन दूतावासले अनुरोध गरेको छ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको लिखित जानकारीअनुसार साउदी अरबमा मार्च २, २०२० देखि बिहिबारसम्म कुल कोरोना संक्रमितको संख्या ६५ हजार ७७ पुगेको छ।

संक्रमितहरुमध्ये आधाभन्दा बढी निको भई फर्किसकेका छन्। मृत्युदर पनि न्यून रहेको पाइएको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।