+
Search

ताजा अपडेट +

पपुलर +

देशभर १५ सय बढिको कोरोना परीक्षण, ११३ जना आइसोलेसनमा

देशभर १५ सय बढिको कोरोना परीक्षण, ११३ जना आइसोलेसनमा
पालिका लाइभ
२०७६ चैत्र २४, सोमबार

काठमाडौं- नेपालमा अहिलेसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत १५ सय २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका हुन् ।

देवकोटाका अनुसार परिक्षण गरिएको १५ सय २९ मध्ये एक सय १३ जनालाई आइसोलेसनमा राखि उपचार गरिएको छ । जसमध्ये ९ जनामा कोरोना भएको यसअघि नै पुष्टी भईसकेको थियो ।

उनका अनुसार काठमाडौं उपत्यकामा १२ जना र उपत्यका बाहिर १०१ जनालाई आइसोलेसनमा राखि उपचार गरिएको छ ।

खरिपाटीको क्वारेन्टाईनमा रहेका सबैको रिपोर्ट नेगेटिभ

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाईनमा रहेका सबै व्यक्तिको रिपोर्ट नेगेटिभ भएको पाइएको छ । कोरोना आंशकामा क्वारेन्टाईनमा राखिएका सबै ९४ जनामा कोरोनाको संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जनाएका हुन् ।

सरकारले विभिन्न एयरलाईन्समार्फत नेपाल आएका ९४ जनालाई क्वारेन्टाइनमा राखेको थियो ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।