+
Search

ताजा अपडेट +

पपुलर +

अधिकांश शिक्षक, प्रहरी र सार्वजनिक संस्थानका कर्मचारीको ‘नक्कली प्रमाणपत्र’

अधिकांश शिक्षक, प्रहरी र सार्वजनिक संस्थानका कर्मचारीको ‘नक्कली प्रमाणपत्र’
पालिका लाइभ
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको खबर अाजकाे राजधानी दैनिकमा छ ।

बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सावर्जजनिक संस्थानका कर्मचारी छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेरै सरकारी सेवा प्रवेशदेखि बढुवासमेत भएको पाइएको छ ।

त्यस्ता कर्मचारीविरुद्ध अख्तियारले उजुरीका आधारमा मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।