+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले काम गरेन भन्नेहरु आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ : प्रधानमन्त्री ओली

सरकारले काम गरेन भन्नेहरु आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ : प्रधानमन्त्री ओली
पालिका लाइभ
२०७६ आश्विन २९, बुधबार

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास गर्न सकेन भन्नेलाई आँखा खोलेर विकास हेर्न आग्रह गरेका छन्।

बुधबार आयोजित नेकपाको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले सबैलाई दसैं, तिहार र छठको शुभकामना दिँदै विकास हेर्न गाउँ जान आग्रह गरेका हुन्। ‘सरकारले केही पनि गरेर भनेर हल्ला गर्नेलाई मेरो आग्रह छ’, प्रधानमन्त्री ओलीले भने, ‘गाउँमा गएर आँखा खोलेर विकास हेर्नुहोस्।’

ओलीले विकासको अनुभूति सहरमा गाडीमा गुड्नेले नगरे पनि गाउँका जनताले गरेको दाबी गरे। ‘सरकारले एक सय रुपैयाँ दिएर बैंक खाता खोल्ने अभियान थालेका छौँ’, उनले भने, ‘यो अभियानले गाउँगाउँका जनताको बैंक खाता भएको छ।’

ओलीले सरकारले तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गरिरहेको, नेपालको पानी, जनताको लगानी कार्यक्रम अघि सारेको, पोखरा र भैरहवामा ठूला विमानस्थल तयार गरेको उल्लेख गरे।

उनले साना र ठूला देशसँग समान रुपमा सम्बन्ध स्थापना गरिरहेको अवस्थामा पनि सरकारले काम गरेन भनेर हल्ला गर्नेका पछाडि नलाग्न आग्रह गरे। ओलीले वैदेशिक लगानी बढ्दै गएको दाबीसमेत गरेका छन्।

दसैं, तिहार, छठको अवसरमा आयोजित चियापानमा सहभागी सबैलाई शुभकामना दिँदै ओलीले चाडपर्वले आपसी सम्बन्ध बलियो बनाउने उल्लेख गरे।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।