+
Search

ताजा अपडेट +

पपुलर +

छोरीभन्दा कम उमेरकीसँग विवाह गर्नेले पाए ४ वर्षपछि सजाय

छोरीभन्दा कम उमेरकीसँग विवाह गर्नेले पाए ४ वर्षपछि सजाय
पालिका लाइभ
२०७६ आश्विन ८, बुधबार

काठमाडौं- सप्तरीका ४१ वर्षीय हुलासप्रसाद साहले बाल विवाह गरेको चार वर्षपछि सजाय पाएका छन्।

उनले छोरीभन्दा कम उमेरकी १४ वर्षीया कञ्चनसँग ०७२ जेठ १५ गते दोस्रो विवाह गरेका थिए।

दुलाहा पक्षले दाइजो नलिने र विवाहमा दुवैतर्फको खर्च बेहोर्ने भएपछि बालिकाका घरपरिवार विवाहका लागि राजी भएर।

गरिबीका कारण दाइजो दिन नसकेपछि परिवारले २७ वर्ष जेठासँग विवाह गरिदिएकाे खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

विवाहको चार वर्षपछि सोमबार उच्च अदालत जनकपुर राजविराज इजलासले हुलासलाई एक वर्ष कैद र १५ हजार जरिवाना गरेको हो।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।