+
Search

ताजा अपडेट +

पपुलर +

चैते दसैँ

आजबाट सुरु भयो सेतो मच्छिन्द्रनाथ रथयात्रा [फोटो]

पालिका लाइभ
२०८१ चैत्र २३, शनिबार

काठमाडौं– सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको मूर्तिको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सुरु हुन्छ ।

यस वर्ष पनि आजबाट काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको छ । यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ ।

काठमाडौँ उपत्यकाका वृद्ध वृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।

अन्तिम दिन असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि मच्छेन्द्रबहालमा ल्याएर रथयात्रा सम्पन्न हुन्छ ।

शनिवार पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्‍याइएको छ । आइतबार अर्थात् दोस्रो दिन असनबाट हनुमान ढोका अगाडिसम्म र तेस्रो दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट पुनः रथयात्रा लगनटोलस्थित मच्छेन्द्रबहालमा ल्याएर रथयात्रा सम्पन्न हुन्छ ।

0587Matsyendranatha

0654Matsyendranatha

021235Matsyendranatha

2897Matsyendranatha

9877Matsyendranatha

8889Matsyendranatha

56Matsyendranatha

5464Matsyendranatha

9844Matsyendranatha

5416Matsyendranatha

6546Matsyendranatha

94894Matsyendranatha

888Matsyendranatha

55Matsyendranatha

4644Matsyendranatha

651Matsyendranatha

1566Matsyendranatha

156115Matsyendranatha

5151Matsyendranatha

123121Matsyendranatha

1251Matsyendranatha

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ