म्याग्दी– प्रतिनिधिसभा म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार महावीर पुनले निकै फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्।
पुनले जारी मतगणनामा राजनीतिक दलका उम्मेदवारहरूलाई निकै पछाडि परेका हुन्।
पछिल्लो मतगणना अनुसार स्वतन्त्र उम्मेदवार पुनले ९ हजार ८ सय ८८ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई बलियो बनाएका छन् ।
उनलाई नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ३ हजार ६ सय ५८ मतका साथ पछ्याइरहेका छन्।
पुन र श्रेष्ठबिचको मतान्तर ६ हजार २ सय ३० पुगेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कर्ण बहादुर भण्डारी २ हजार ३ सय २९ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अर्जुन बहादुर थापाले २ हजार ३ सय ६ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोकाले भने ६ सय २५ मत मात्रै प्राप्त गरेका छन् ।
प्रतिक्रिया