+
Search

ताजा अपडेट +

पपुलर +

सुदूरपश्चिमले कर्णाली याक्सलाई दियो १४० रनको लक्ष्य

पालिका लाइभ
२०८२ मंसिर ८, सोमबार

काठमाडौं– सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामू १ सय ४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी दोस्रो खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।

587300128 npl

सुदूरपश्चिमका ओपनर जोस ब्राउनलाई कर्णालीका कप्तान सोमपालले रोयल डकआउट गर्दै पहिलो सफलता हात पारेका थिए। दोस्रो विकेट विनोद भण्डारीको ४.४ ओभरमा गुम्यो। उनले ११ रन बनाउँदा क्रिस लिनले १८ रन बनाए।

सुदूरपश्चिमका लागि सर्वाधिक रन कप्तान दीपेन्द्रसिंह ऐरीले बनाए। उनले २८ बलमा सर्वाधिक ३९ रन बनाउँदा आरिफ शेखले २७ तथा हरमीत सिंहले १९ रनको योगदान दिए।

बलिङतर्फ कर्णालीका सोमपालले सर्वाधिक ३ विकेट लिँदा नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १ विकेट लिए। कर्णाली जवाफी ब्याटिङमा उत्रिँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ