+
Search

ताजा अपडेट +

पपुलर +

जवाङ खोलामा ठूलो पहिरो बाटो खुलाउन कम्तीमा ६ घण्टा लाग्ने

फाइल तस्बिर
पालिका लाइभ
२०८२ आश्विन ७, मंगलवार

धादिङ-  पृथ्वी राजमार्गको जवाङ खोला नजिकै ठूलो पहिरो खस्दा काठमाडौँ जाने सडक पूर्व रूपमा अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्गको धादिङ जिल्लातर्फ वेनिघाट रोराङ गाउँपालिका १० नम्बरमा पर्ने जवाङ खोलामा गएरातीदेखि नै पहिरो खस्न सुरु भएको थियो ।

धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार रातीको पहिरो ८० प्रतिशत फालेर सकिएपछि बिहान साढे ५ बजे माथिबाट पहाडै खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

उनले कम्तीमा पनि ५ घण्टाभन्दा बढी समय पहिरो पन्छाउन लाग्ने बताए ।

एसपी रिजालका अनुसार पहिरो पन्छाउन तीन वटा मेसिनले काम गरिरहेको छ । तर, माथिबाट पहाड नै चिरा परेको कारण अझै पनि ठूलो पहिरो खस्ने सम्भावना देखिएको छ ।

यता नारायणगढ मुग्लिङ सडक खण्डको तुइनखोलामा पनि अहिले सडक अवरुद्ध रहेको छ ।

बिहान खसेको पहिरोले बन्द भएको सडक खुलाउन करिब एक घण्टा लाग्ने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ