+
Search

ताजा अपडेट +

पपुलर +

परराष्ट्र मन्त्रालयले भन्यो : नेपाल आतंकवादविरुद्धका सबै लडाइँमा उभिन्छ

पालिका लाइभ
२०८२ बैशाख २५, बिहीबार

काठमाडौं- भारत-पाकिस्तान द्वन्द्व चर्किइरहँदा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको छ ।

पहलगाममा भएको अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पहलगाममा घटनामा १ जना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘उक्त दु:खद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका थिए ।’ साथै परराष्ट्र मन्त्रालयले उक्त ‘आततायी आतंकवादी आक्रमण’ को तत्कालै आलोचना गरेको पनि जनाएको छ ।

साथै नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ ।

नेपालले दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।

mofa nepal 0852025033022 1000x0 1746712834

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ