+
Search

ताजा अपडेट +

पपुलर +

दुई लाखसम्म घुस

कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा व्यापक आर्थिक चलखेलको आशंका

शिक्षा क्षेत्रलाई स्वच्छ र निष्पक्ष बनाउने भनिएको राज्य संयन्त्र स्वयं भ्रष्टाचारको जालोमा फसिरहेको प्रमाणका रूपमा कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा देखिएको आर्थिक चलखेलले शिक्षा प्रणालीमै गम्भीर प्रश्न खडा गरेको छ।

पालिका लाइभ
२०८२ बैशाख १३, शनिबार

सिरहा– कक्षा १२ को परीक्षा केन्द्र मिलाउन राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालयका कर्मचारीहरूले चलखेल गरेको छ।

लहानस्थितको राष्ट्रिय परीक्षा र्बोडका कर्मचारीहरूले परीक्षा केन्द्र निर्धारणका नाममा सिरहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा जिल्लामा व्यापक आर्थिक चलखेल भएको तथ्य बाहिरिएको हो।

राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका कर्मचारीहरूले परीक्षा केन्द्र तोक्दा विद्यालयहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म अतिरिक्त रकम लिएर भनेकै ठाउँमा केन्द्र तोकेको पाइएको छ। नाम नखुलाउने सर्तमा विद्यालय सञ्चालकहरूले बोर्डका कर्मचारीहरूलाई ‘घुस’ बुझाएको पुष्टि गरेका छन्।

हामीले एक विद्यालयका सञ्चालकको रूपमा बोर्डका शाखा अधिकृत चन्द्रदेव यादवलाई फोन गरेका थियौ, मीले बोल्नै परेन। उनले नै भने, ‘तपाई लाली गुराँस इङलिश बोर्डिङ स्कुलका सर होइन, हामीले ‘हो भन्यो। उनले भन्यो, ‘परीक्षा केन्द्र ‘सूची हेर्नुस्, केन्द्र त त्यही परेको छ’, ‘तपाईको केन्द्र शंकर पब्लिक एकेडेमी मै छ। कसले केन्द्र त्यहाँ नपरेको भन्यो। भनेकै ठाउँमा पारि दिएको छु।’

कर्मचारीको त्यो भनाइले पनि परीक्षा केन्द्र निर्धारणमा व्यापक आर्थिक चलखेल भएको पुष्टि गरेको स्थानीयको भनाइ छ ।

लहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको केन्द्रको सूची हेर्दा पनि आर्थिक चलखेल स्पष्ट देखिन्छ। कतिपय विद्यालयलाई नजिकै केन्द्र तोकिएको छ भने अरूलाई १०–१२ किलोमिटर टाढा पर्ने ठाउँमा पठाइएको छ।

परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेलको कुरा आएको स्वीकार गरे पनि लेनदेनको रकम त्यति ठुलो नभएको राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका प्रमुख धनपति भेटवालले दाबी गरेका छन्। यसपालिको कक्षा १२ परीक्षाका लागि यस कार्यालय मातहतका सिरहामा ३०, सप्तरीमा २७, उदयपुरमा १७, खोटाङमा १० र ओखलढुंगामा ९ परीक्षा केन्द्र तोकिएका छन्। यी केन्द्रहरूमा जम्मा २७ हजार परीक्षार्थी सहभागी हुँदैछन्।

यसबारे केन्द्रीय कार्यालयसम्म समेत उजुरी पुगेको छ र हालसम्म पनि कुनै कारबाही नभएकोले राज्यका जिम्मेवार निकायहरू नै भ्रष्टाचारको संरक्षक बनेको अभिभावकहरूको आरोप छ।

कक्षा १२ को परीक्षा केन्द्र हाम्रो विद्यालयमा पार्न निवेदन गर्दा राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका प्रमुख धनपति भेटवालले परीक्षा केन्द्र पार्न दुई लाख रुपैयाँ लाग्ने नाम उल्लेख नगर्ने सर्तमा एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले बताए। उनले भने, ‘तपाईले भनेको ठाउँमा केन्द्र पार्ने हो र? केन्द्र पार्न त्यति सजिलो छ। भेटवालले हाकाहाकी भने, ‘दुई लाख रुपैयाँ छ। विना पैसाको केन्द्र हुदैन्। तपाईहरु विद्यार्थीहरुसंग पैसा उठाउने अनि हामी त्यतिकै टुलुटुलु हेरेर बस्ने त हुन्न नि।’

यसअघि सम्पन्न एसइई परीक्षामा समेत सिरहामा परीक्षा केन्द्र निर्धारणमा लाखौँ रकम असुली भएको तथ्य सार्वजनिक थियो। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचार मौलाउनु र राज्यका निकायहरू मौन बस्नुले पनि सरकारले नै त्यस्ता भ्रष्टाचारी कर्मचारीहरूलाई संरक्षण गरिरहेको प्रस्ट भएको स्थानीय रामेश साह बताउँछन् । अन्य सरकारी अड्डा भन्दा देशका कर्णधारहरू निमार्ण गर्ने शिक्षा क्षेत्रमा भ्रष्टाचार हुनु दुःखद भएको जानकारहरू बताउँछन्।

notice 1

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ