+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंक र कुवेतस्थित अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

पालिका लाइभ
२०८२ बैशाख १२, शुक्रबार

काठमाडौं– माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ।

बैंकले कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ अल मुजैनीसँग सहकार्य गरी विधिवत रूपमा रेमिटेन्स सेवा सुरु गरेको जनाएको छ।

बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अल मुजैनी एक्चेन्जका महाप्रबन्धक ह्यु फर्नान्डेजले हस्ताक्षर गरेका थिए।

बैंकका अनुसार अब कुवेतमा रहेका नेपालीहरूले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरू, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ। साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ।

सोही कार्यक्रममा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरिएको थियो। बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसी तथा कार्यवाहक राजदूत राणाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए।

कार्यक्रममा कुवेतका लागि नेपालका राजदूत सुजनी राणा, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामालगायत गैर आवासीय संघका प्रतिनिधि, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि लगायत सहभागी थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ