+
Search

ताजा अपडेट +

पपुलर +

सरकारलाई कोइरालाकाे चेतावनी

गर्भनर नियुक्तिमा चलखेलको आशंका गर्दै शेखरले भने : अर्थतन्त्रमा खेलाँची नहोस्

पालिका लाइभ
२०८१ चैत्र २४, आईतवार

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिए ।

‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । उहाँहरू(सरकार)ले सुशासन दिन्छौ, देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन,’ उनले भने । उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरूले प्रवृत्ति देखाउन थालेको पनि बताए ।

फरक प्रसंगमा डा. कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘पश्चिमतिर वीपीको शालिकमा कालो मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन । मोसो दल्दैमा बीपी कालो हुने पनि हैन । वीपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’

डा. सुमन कोइरालाद्वारा लिखित ‘कात्रोमा खल्ती’ पुस्तकको काठमाडौंमा विमोचन कार्यक्रममा कोइरालाले वर्तमान सरकारले सुशासनको प्रत्याभूति गर्न नसकेको बताए ।

कांग्रेस र एमालेको सरकार बनाउँदा गरिएको परिकल्पना सत्ता सञ्चालन नभएको कोइरालाको टिप्पणी थियो ।

सरकार गठन हुँदा संविधान संशोधनको मुद्दा उल्लेख गरिए पनि त्यसप्रति प्रक्रिया अघि नबढेको उनले सुनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ