+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल लाइफले ल्यायो २०८२ सालको क्यालेन्डर

पालिका लाइभ
२०८१ चैत्र ११, सोमबार

काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

यही चैत ७ गते कम्पनीले नयाँ वर्षको पात्रो ल्याएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख-बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका थिए।

पात्रोमा विदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश छन्।

आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने उनले बताए। यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागिपर्ने उनले प्रतिबद्धता गरे।्र

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ