+
Search

ताजा अपडेट +

पपुलर +

विराटनगरमा श्रीमद् भागवत पुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

पालिका लाइभ
२०८१ फाल्गुन १९, सोमबार

विराटनगर– मैथिल ब्राह्मण महासभा नेपाल, मोरङ जिल्ला कार्य समितिले मानव कल्याणार्थ शिक्षा, स्वास्थ्य एवं संस्कृति संरक्षण हेतु अक्षयकोष स्थापनार्थ श्रीमद् भागवत पुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ।

चैत्र ३ देखि ९ गतेसम्म विराटनगर उपमहानगरपालिका-५ स्थित सिटी प्यालेसमा सञ्चालन हुने कार्यक्रममा वृन्दावन निवासी कथावाचक आचार्य पं. श्री अभिषेक पाठकको मुखारविन्दबाट कथा श्रवणको हुने आयोजकले जनाएको छ।

सात दिनसम्म चल्ने यस कार्यक्रममा प्रथम दिन बिहान १० बजे कलश यात्राबाट कार्यक्रमको शुभारम्भ हुनेछ।

प्रत्येक दिन बिहान ७ बजेदेखि पूजन एवं पारायण पाठ, दिउँसो १ बजेदेखि कथा वाचन र साँझ भजन कीर्तन तथा प्रसाद वितरण हुने कार्यतालिका रहेको छ।

अन्तिम दिन लक्ष्मीदीप-प्रज्वलन एवं हवन पूर्णाहुतिसँगै कार्यक्रमको समापन हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ