+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डकाे अङ्गालोमा वर्षमान र जनार्दन, जनतासँग माओवादी अभियान सुरु

पालिका लाइभ
२०८१ फाल्गुन १२, सोमबार

झापा– माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ। झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन् ।

झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छन्।

केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन् ।

गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुने छ।

अभियानमा माओवादी नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत र अग्नि सापकोटा पनि सामेल छन्।

शर्माले प्रचण्डसँग पार्टीका विभिन्न क्रियाकलापमा मतभेद राख्दै आएका थिए।

अभियानमा सँगै देखिएपछि उनीहरूको सम्बन्धमा सुमधुरता आएको अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ