+
Search

ताजा अपडेट +

पपुलर +

चिसिँदै काठमाडौं, आजको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस

पालिका लाइभ
२०८१ पुष १८, बिहीबार

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ । बुधबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ ।

बुधबार ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो । एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन ।

मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो । त्यसअघि सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री, बिहीबार ४.५ डिग्री सेल्सियसम मापन भएको थियो ।

विगत तीन दिनदेखि तराई मधेस क्षेत्रका अधिकांश भूभागमा हुस्सु, कुहिरो र शितलहर चलिरहेको छ। जसको कारण तराई मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

महाशाखाका अनुसार देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पानी पर्ने सम्भावना भने कतै देखिएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ