+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारीलाई काठमाडौं महानगरको निर्देशन- अडिट अवधिभर बिदा नबस्नु

पालिका लाइभ
२०८१ पुष १७, बुधबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने समवाधिभर बिदामा नबस्न सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवम् राजस्व हेर्ने कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

बुधबार प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले एक सूचना जारी गर्दै महालेखा परीक्षकको कार्यालयले अडिट गर्ने समयावधिमा बिदामा बस्न नसकिने भन्दै यस्तो निर्देशन दिएका हुन् ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ,’महानगरको आव २०८०/८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरू तथा सबै वडा सचिव/लेखा प्रमुख/राजस्व हेर्ने कर्मचारीहरूले आव २०८०/८१को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदामा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्न नगराउनु हुन यसैपत्रबाट जानकारी गराइन्छ ।’

सूचना :

ktm noticed

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ