+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स नुवाकोटमा दुर्घटना, १ मृत्यु, ५ घाइते

पालिका लाइभ
२०८१ आश्विन १९, शनिबार

काठमाडौं- काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका-८ काफलडाँडामा बा १४ च ३८५५ नम्बरको गाडी सडकबाट यात्रु ५८ वर्षका उपेन्द्र खनालको मृत्यु भएको हो।

यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा-छहरे सडक प्रयोग गर्ने गरेका छन् ।

आज दुर्घटना भएको गाडी पनि टोखा-छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर-१ का ४६ वर्षीय विश्वनाथ अधिकारी, यात्रुहरू नागार्जुन-३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर-९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएका हुन्।

तीमध्ये रामशरणको अवस्था गम्भीर रहेको डीएसपी कोइरालाले बताए। अन्य ४ घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गाडीमा सवार सबै आफन्त रहेको बुझिएको छ। घाइतेहरूको ग्रान्डी हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ। उक्त गाडी सुपर दोर्दी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ