+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो, २२ जना अझै बेपत्ता

पालिका लाइभ
२०८१ आश्विन १७, बिहीबार

काठमाडौं- हालैको बाढीपहिरोमा परेर अहिलेसम्म २३३ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा अझै २२ जना बेपत्ता छन्। त्यसैगरी १६९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको र अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ