+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहका उम्मेदवारलाई औपचारिक पत्र सभापति देउवाले प्रदान गर्ने

पालिका लाइभ
२०८१ आश्विन १३, आईतवार

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा आइतबार विहान बसेको कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा हुने गरी मिति तय भएको छ । उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न निर्णय पनि गरिएको छ ।

निर्वाचन आयोगमा दल दर्ता गर्ने र त्यसका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई जिम्मेवारी दिइएको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ