+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोफाइनान्सको खुद नाफामा उल्लेख्य वृद्धि

पालिका लाइभ
२०८१ श्रावण २४, बिहीबार

काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ करोड ९५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको चौथो त्रैमाससम्म ४ करोड ७४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ३६२ दशमलव ५९ प्रतिशत बढी खुद नाफा गरेको हो ।

गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज उल्लेख्य मात्रामा घट्दा सञ्चालन नाफासँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । अघिल्लो वर्ष १२ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम गत वर्ष १ करोड ९४ लाख रूपैयाँभन्दा बढी रहेको हो । जसका कारण सञ्चालन नाफा अघिल्लो वर्ष ६ करोड ९१ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष भने ३१ करोड ३१ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १९ करोड ६२ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३२ करोड रूपैयाँ रहेको छ । रिटर्न अर्निग १९ करोड ६२ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ६० करोड २७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ३६ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले १३ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष ५ दशमलव ८४ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर ७ दशमलव ६८ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १६ रूपैयाँ ६३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६० रूपैयाँ ५३ पैसा छ । हाल ६४ जिल्लामा १ लाख ५० हजार १६३ विपन्न परिवारमा कम्पनीले लघुवित्त सेवा प्रदान गरिरहेको छ । कम्पनीको कार्यक्षेत्र राष्ट्रिय स्तरको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ