+
Search

ताजा अपडेट +

पपुलर +

हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन् : माधव नेपाल (भिडिओ)

पालिका लाइभ
२०८१ श्रावण १०, बिहीबार

काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको भन्दै त्रास व्यक्त गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आएको बताएका हुन्।

पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको र त्यसको गहन विश्लेषण गरेर जानकारी हासिल गरी पूर्ण सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ। कति सत्य हो, कति असत्य हो? थाहा छैन। तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ। लेखेर पनि हुँदो रहेनछ। बोलेर हुँदो रहेनछ। त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ। त्यसको बारेमा हामीले जानकारी हासिल गर्नुपर्छ। त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ। यस अर्थमा विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ।’

उनले के कस्तो षड्यन्त्र भइरहेको हो भन्नेचाहिँ स्पष्ट पारेनन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ