+
Search

ताजा अपडेट +

पपुलर +

स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

पालिका लाइभ
२०८१ असार १८, मंगलवार

काठमाडौं– क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाए पनि गोलकिपर डिएगो कोस्टा नायक बनेपछि पोर्चुगल स्लोभेनियालाई पेनाल्टीसुटआउटमा हराएर युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र थप ३० मिनेटको खेल गोलहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जहाँ पोर्चुगलका किपर नायक बन्दै तीन पेनाल्टी बचाए ।

त्यसअघि नै अतरिक्त समयमा पोर्चुगलले पेनाल्टी पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहार स्लोभेनियाका गोलकिपर जान ओबलाकले बचाएका थिए ।

पेनाल्टी सुटआउटमा भने ओबलाकले केही गर्न सकेनन् । सुटआउटमा पोर्चुगलका लागि रोनाल्डोसहित ब्रुनो फर्नान्डेज र बर्नार्डो शिल्भाले गोल गरे ।

स्लोभेनियाका लागि सुरुवाती तीन पेनाल्टी प्रहार गरेका कसैले गोल गर्न सकेनन् । जोसिप इलिसिच, जुर बाल्कोभिच र बेन्जामिन भर्विकले पेनाल्टीमा गोल गर्न सकेनन् । तीनैको प्रहार पोर्चुगलका गोलकिपर डिएको कोस्टाले बचाए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ