+
Search

ताजा अपडेट +

पपुलर +

गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइनेछ : अर्थमन्त्री

पालिका लाइभ
२०८१ जेष्ठ १५, मंगलवार

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने जानकारी गराएका छन्।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइनेछ,’ उनले भनेका छन्।

साथै, उनले उनले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रुपमा बजेट प्रस्तुत गरेको बताए।

अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यस बारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ