+
Search

ताजा अपडेट +

पपुलर +

गौतम गम्भीरलाई भारतको मुख्य प्रशिक्षक बनाउन बीसीसीआई इच्छुक

पालिका लाइभ
२०८१ जेष्ठ ५, शनिबार

काठमाडौं– भारतीय क्रिकेट टोलीका पुर्वकप्तान गौतम गम्भीरलाई मुख्य प्रशिक्षक बनाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) इच्छुक देखिएको छ । राहुल द्रविडको कार्यकाल सकिन लाग्दा बीसीसीआईले नयाँ प्रशिक्षकको रुपमा गौतम गम्भीरलाई लिन इच्छा देखाएको क्रिकइन्फोले लेखेको छ ।

बीसीसीआईले केहि दिन अघि मात्र मुख्य प्रशिक्षकका लागि आवेदन खुलेको थियो । मुख्य प्रशिक्षकको आवेदन दिने समय मे २७ सम्म तोकिएको छ । जुन २६ मा आइपिएलको फाइनल हो ।

गम्भीर अहिले कोलकाता नाइट राइडर्सका मेन्टरको रुपमा छन् । कोलकाता अंकतालिकाको शीर्ष स्थानमा छन् ।

उनले आफ्नो कप्तानीमा कोलकोतालाई दुईपटक आइपिएलको उपाधि जिताएका थिए । आइपिएलको २०२२ र २०२३ मा गम्भीरले लखनउ सुपर जायन्ट्सका मेन्टरको रुपमा काम गरेका थिए । दुवै सिजनमा लखनउ प्लेअफमा पुगेको थियो ।

भारतले २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्दा उनी टीमको महत्वपूर्ण सदस्य थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ