काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने घोषणा गरेको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बूढीगण्डकी र नलसिंहगाड जलासययुक्त आयोजनाको निर्माण कार्य अगाडि बढाउने घोषणा गरेका हुन् ।
दूधकोशी जलासययुक्त आयोजनाको निर्माणपूर्वका काम सम्पन्न गर्ने पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
१,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले कम्पनी खडा गरे पनि मुआब्जा वितरणबाहेक काम भएको छैन। आयोजनामा लगानी कसरी जुटाउने भन्ने स्पष्ट भएको छैन।
आयोजनामा लगानी जुटाउन विभिन्न ३ वटा विकल्प प्रस्तुत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार आयोजना निर्माणका लागि ३ खर्ब ६ अर्ब रुपैयाँ लाग्छ।
प्रतिक्रिया