+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोटकाे वलाङमा ‘हनी हन्टिङ फेस्टिबल’ हुदैं, कसरी पुग्ने ?

पालिका लाइभ
२०८१ बैशाख १४, शुक्रबार

गोरखा– अजिरकोट गाउँपालिकाले वैशाख १९ गते हनी हन्टिङ फेस्टिभल’ गर्ने भएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगतको पर्यटनमैत्री नमुना गाउँ तथा जीविकोपार्जन सुधार परियोजना अन्तरगत परम्परागत पेशालाई आधुनिकीकरण गर्न वडा न २ काे खरिबाेटमा एक दिने हनी हन्टिङ फेस्टिभल गर्न लागेको हो ।

साविकको खरिबोट वडा न ३ को वलाङमा परम्परागत पेशालाई व्यवस्थित गर्दै पर्यटन विकास गर्ने उद्देश्यले गाउँपालिकाले हनी हन्टिङ फेस्टिभल गर्ने भएको हो । वलाङमा परम्परागत रूपमा भीर मौरीको मह निकाल्ने अर्थात् हनी हन्टिङ गर्ने कुनै समय मेला नै लाग्ने गर्थ्यो।

यो पेशाबाट जीविकोपार्जन गर्नेहरू भीरमा डोरीमा झुन्डिएर जोखिमपूर्ण ढंगले भीर मौरीको मह निकाल्ने गर्छन् ।

वलाङका करिब १० जना भन्दा बढिले परम्परागत रूपमा अंगाल्दै आएका हनी हन्टिङ पेशालाई व्यवस्थित र आनुधिकीकरण गर्दै पालिकामा पर्यटक ल्याउने उद्देश्यले १ दिने पर्व मनाउन लागिएको पालिकाले जनाएको छ ।

कसरी जाने?

गोरखा सदरमुकामबाट १२ किलोबजार हुदैं भच्चेक पुग्न सकिन्छ । करिब २ घण्टाको यात्रा पश्चात् अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजार पुग्न सकिन्छ । यहाँबाट तिन वटा सडक सञ्जालमार्फत वलाङ पुग्न सकिन्छ ।

पहिलो, भच्चेक, नम्की, सिरानडाँडा हुदैं सिस्ने निस्किएर अपुन, खिम्पुबाट वलाङ पुग्न सकिन्छ, दोस्रो, भच्चेक, नम्की, खरिबोट, केप्रुङ हुदैं वलाङ पुग्न सकिनछ । अनि आर्को सडक सञ्जाल चाहिँ भच्चेक, हंसपुर, लप्सिबोट, खरिबोट हुदैं वलाङ पुग्न सकिन्छ ।

वलाङमा अहिले ३ वटा हाइड्रो निर्माण भइरहेको छ । पालिकाको सदरमुकाम भच्चेकबाट करिब ९ किलो किलोमिटरको दुरीमा रहेको यो गाउँमा हन्टिङको प्रत्यक्ष अवलोकन गर्न पाइने छ ।

पालिकाले यो पेसामा संलग्नहरूलाई जोखिम कम हुने विधिका बारेमा जानकारी गराउने, हनी हन्टिङ हुने भीरहरूमा रेलिङलगायतका सेप्टी राखी दिनेलगायतका योजना बनाएको छ ।

440446461 7412267428858308 5836726434151025436 n

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ